पार्टीको जिवन्तताको लागि मूल नेतृत्व सच्चिनु आवश्यक : कांग्रेस नेता महर 

शनिबार, फागुन १९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी तथा भ्रातृसंस्थाको जिवन्तताको लागिमूल नेतृत्व सच्चिनु आवश्यक रहेको औल्याएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाईएका केन्द्रीय सदस्यहरू आज सम्म पनि बैठक बस्न नसके पछि शनिबार बिहान महरको सचिवालय बानेश्वरमा गुनासो गर्न  ुगेका संघका केन्द्रीय नेताहरू छलफल गर्दै महरले पाँचजना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या सिर्जना भइरहेको बताएका छन् ।  उनले भने, ‘पार्टी शीर्ष नेतृत्वको जिम्मा लिएकाहरुको फाईदाका लागि युवा विद्यार्थीहरु लाई गुट र उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएको र अहिले सम्म नेवि संघको बैठक बस्न सकेको छैन । भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न नसकेन, भ्रातृ संस्था क्रियाशील हुन सकेका छैनन् । पार्टीका विभाग गठन हुन सकेका छैनन् । पार्टीको विधान कार्यान्वयन हुन सकेको छैन ।’
व्यक्तिगत लेनदेनका लागि पदाधिकारीहरूले जस्तो सुकै सम्झौता गर्ने र आम कार्यकर्ता, आमजनता, पार्टीको जिवन्तता र पार्टीलाई जनतासँग जोड्ने सवालमा क्रियाशील नदेखिनु चिन्ताको विषय भएको उनले बताए । 
उनले भने, ‘महासमिति बैठको प्रस्ताव लेखनका लागि संयोजक तोकियो । प्रस्ताव लेखनका लागि समिति निर्माण गर्ने भन्ने थियो । समिति निर्माण नगरेरै र केन्द्रीय समितिका साथीहरू तथा आमकार्यकर्तासँग समन्वय नगरेरै एकै पटक प्रस्ताव केन्द्रीय समितिमा लगियो । त्यसरी आएको प्रस्ताव परिमार्जनसहित पास गरियो भनियो । महासमितिको हलमा जाँदा प्रस्ताव व्यक्तिगत तवरले प्रस्तुत गरियो । यद्यपी त्यो केन्द्रीय समितिको थियो ।’
महासमिति बैठक लगत्तै नेवि संघले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा सबैको सहयोग हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै असन्तुष्टि जनाए । उनले १५ फागुनका लागि तय भएको बैठक विभिन्न गुट र उपगुटका कारण प्रभावित भइरहेको टिप्पणी गरे ।
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार