माओवादी नेताहरूलाई अध्यक्ष दाहालको अभिमुखीकरण

आइतबार, फागुन १३, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको कार्यविभाजन र पार्टीको अभियानलाई प्रभावकारी बनाउन अभिमुखीकरण दिएका छन् ।  आइतबार पार्टी कार्यालय पेसिडाँडाका बसेको स्थायी समिति बैठकपछि प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष दाहालले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानलाई प्रभावकारी बनाउन अभिमुखीकरण दिएको भन्दै थप दुईदिन गृहकार्य गर्ने समय समेत दिएको जानकारी दिए । 

Agni-Sapkota-1708864544.jpg
उनले भने,‘हामीले जुन अभियान सुरु गर्न लागेको छौं । चैत्र १ देखि त्यसलाई अझ प्रभावकारी बनाउन अध्यक्षज्युले भर्खर बसेको बैठकमा हामीलाई उहाँले गृहकार्य दिनुभएको छ । कार्यविभाजनको सवालमा आगामी योजना तथा कार्यक्रम निर्माणमा सल्लाह भएको छ ।’ प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने तयारीमा रहेको माओवादीले आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा समेत गरेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार