राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
स्वास्थ्य
आजदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान
आजदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान
ललितपुर महानगर २७ नं. वडामा ५ केन्द्रबाट बालबालिकालाई खोप दिइने
शब्दपाटी
शनिबार, फागुन १२, २०८०
शनिबार, फागुन १२, २०८०
ललितपुर । सरकारले आज फागुन १३ गते आइतबारदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्दैछ । दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम देशैभर सञ्चालन गर्न लागिएको हो । सरकारले सन् २०२६ सम्ममा यो रोग निवारण गर्ने तयारी स्वरुप यो अभियान चालेको हो ।
दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरु र नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् । यस अभियान तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ । बाँकी जिल्लाहरुमा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।
यसै सन्दर्भमा शनिबार बिहान ललितपुर महानगरपालिका २७ नं. वडास्थित सुनाकोठी स्वास्थ्य चौकीको समन्वयमा दादुरा–रुबेला खोप अभियान सम्बन्धी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा स्तरीय खोप समन्वय समितिका अध्यक्ष एव्म ललितपुर महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष कृष्णहरि महर्जनको अध्यक्षमा खोप अभियान सफल पार्ने विषयमा वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मीसहितको बैठक तथा अभिमुखीकरण कार्यक्रममा सरकारको यो अभियान सफल पार्ने विषयमा छलफल भएको हो ।
सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले खोप अभियानको तयारीका बारेमा बैठक तथा अभिमुखीकरण कार्यक्रममा विस्तृतमा जानकारी गराउनु भएको थियो ।
प्रमुख श्रेष्ठका अनुसार महानगरको २७ नं. वडा कार्यालयमा बालकुमारी मावि सुनाकोठी, लोटररगोमा एकेडेमी सुनाकोठी, विलियम पब्लिक स्कुल सुनाकोठी, सुनागुठी नेवा एकेडेमी सुनाकोठी तथा शरणार्थी शिविर न्याबु सुनाकोठीमा खोप अभियानका लागि केन्द्र तोकिएको जानकारी दिनुभयो ।
‘राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला रोगविरुद्ध ९ महिनादेखि १५ वर्षसम्मका बालबालिबालाई MR खोप लगाइने भएकाले तोकिएका खोप केन्द्रमा लगेर बालबालिकाकालाई खोप अभियानमा सहभागी भइ रोगबाट सुरक्षित हुन स्वास्थ्य चौकी आह्वान गर्दछ’ बैठक तथा अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख श्रेष्ठले भन्नुभयो,‘यो अभियान सफल पार्न सबै पक्षबाट सहयोग आवश्यक पर्दछ ।’
बैठक तथा अभिमुखीकरण कार्यक्रममा दिइएको जानकारी अनुसार खोप लगाउन आउँदा बालबालिकाको खोप कार्ड अनिवार्य ल्याउन पनि उहाँले सूचित गर्नु भएको छ । सरकारले यो अभियानमा खोप लगाउन छुटेका बालबालिकालाई पनि विभिन्न खोप लगाउने जनाएको छ ।
‘नियमित खोप छुट भएका १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकाहरूका लागि PENTA VALENT, PCV, IPV खोप पनि लगाइन्छ’ स्वास्थ्य चौकी प्रमुख श्रेष्ठले भन्नुभयो, ‘खोप अभियानका लागि वडा भित्रका खोप केन्द्रहरूमा १२ जना स्वास्थ्यकर्मीसहितको टोली परिचालन हुनेछ ।’
बैठक तथा अभिमुखीकरण कार्यक्रमका सभापति एवम् वडा नं. २७ का वडाअध्यक्ष कृष्णहरि महर्जनले खोप अभियानलाई सफल पार्न वडा कार्यालयले स्वास्थ्य चौकीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा सदस्य श्यामकृष्ण महर्जन तथा रामदेबी महर्जनले वडा भित्र बसोबास गर्ने वडावासीहरू आफ्ना बालबालिकालाई खोप लगाउन चाहे खोप केन्द्र तथा यस्ता अभियानका बारेमा थाहा नपाउँदा खोप लगाउन छुट्ने गरेको स्मरण गराउँदै प्रचार प्रसार अभियानलाई तीब्र पार्नु पर्नेमा जोड दिनुभयो ।
वडा सचिव सनतकुमार थापाले पनि खोप अभियानलाई सफल पार्न वडा कार्यालयले सहयोग गर्ने जनाउँदै खोप अभियानका बारेमा वडावासीलाई सूचित गर्न माइकिङ गर्न सुझाव दिनु भएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०
२३:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : केशव बलायर
नंः २
कुन्ख्येन फालक ताल
नंः ३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नंः ४
ब्रिक्स शिखर सम्मेलनका लागि विश्व नेताहरू नयाँदिल्लीमा
नंः ५
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
कर्णालीमा खेती गरिएको २७ प्रतिशत जमिनमा मात्रै वर्षभरि सिँचाइ
बुधबार, भदौ ३१, २०८३
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए
बुधबार, भदौ ३१, २०८३
आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको मन्त्री पौडेलकाे दावी
मंगलबार, भदौ ३०, २०८३
नेपालबाट भारत पुगेको ३३९ किलो गाँजा बरामद
मंगलबार, भदौ ३०, २०८३
अपहरणको ११ दिनपछि घर नजिकै सकुसल फेला परे बालक
मंगलबार, भदौ ३०, २०८३
थप समाचार
बाढीपीडितलाई फक्ताङ्लुङ गाउँपालिकाको २६ लाखभन्दा बढी सहयोग
शनिबार, फागुन १२, २०८०
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
शनिबार, फागुन १२, २०८०
मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै
शनिबार, फागुन १२, २०८०
प्रभावित बालबालिकालाई काठमाडौंका विद्यालयमा भर्ना
शनिबार, फागुन १२, २०८०
Subscribe Newsletter
×