मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

शुक्रबार, फागुन ११, २०८०

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–८ मा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नेपालटारबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकमा को–२८ प ७०८६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक उदयुरगढी–६ का ३४ वर्षीय रत्नकुमार तामाङ र पछाडि सवार उनकी ३३ वर्षीया श्रीमती उर्मिला तामाङलाई घाइते भएका थिए । जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा रत्नकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार