सदनमा उत्तेजित अभिव्यक्ति घातक : रमेश लेखक   

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले संसदमार्फत गलत सन्देश प्रवाह भयोभने व्यवस्थाका लागि घातक हुने बताएका छन् । संसदमा भइरहेको गतिविधि र अभिव्यक्तिलाई इङ्गित गर्दै लेखकले यस्तो बताएका हुन् ।  शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लेखकले यदि यो संसद काम नलाग्ने ठाउँ भयो भन्ने सन्देश बाहिर सम्प्रेषण भयो भने वर्तमान व्यवस्थाका लागि ठूलो घातक हुने बताएका हुन् । उनले भने,‘हामी सबै मिलेर अगाडि बढ्न सकेनौं वा यदि यो संसद काम नलाग्ने ठाउँ भयो भन्ने सन्देश बाहिर सम्प्रेषण भने हामीले लडेर ल्याएको व्यवस्थाका लागि घातक हुन्छ । त्यसैले सबै संयमीत हुनु जरुरी छ ।’ उनले प्रतिपक्ष वा सत्तापक्ष सबैले एकले अर्कालाई स्वीकार नगरेता पनि संयमीत हुनु जरुरी रहेको बताए । उनले भने,‘हाम्रा धारणाहरु एक अर्कालाई मन नपर्ने भएतापनि संयमित हुनुपर्छ । सुन्नको लागि पनि धैर्य हुनुप¥यो र भन्नको लागि पनि संयमित हुनुप¥यो । सदनभित्र प्रतिपक्षले सरकारको आलोचना गर्छ । माग राख्छ । त्यो प्रतिपक्षको धर्म हो । सत्तापक्षको पनि केहि अपेक्षा होला तर बोल्दा आक्रोसित हुनु आवश्यक छैन् ।’ शुक्रबार बिहान बसेको बैठकमा विपक्षी नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका थिए । विपक्षी सांसदहरुले उत्तेजित अभिव्यक्ति दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार