कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा, रुख चिह्नको चिन्ता

बिहीबार, फागुन १०, २०८०

ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन विहीबार विभिन्‍न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भयाे । छलफलमा सहभागी अधिकांश नेता–कार्यकर्ताहरुले महासमिति बैठकले कांग्रेसप्रति जनताको आकर्षण बढ्ने गरी काम हुनुपर्ने धारणा राखेका छन् ।  प्रतिवेदनमाथिको छलफलमा बोल्दै भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताएका छन् ।  उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ ? भन्दै प्रश्न समेत उनले गरेका छन् ।  आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताएका थापाले पाँच वर्षसम्म गठबन्धन कायम रहनुपर्नेमा जाेड दिए ।

उनले भने, ‘नैतिकताको आधारमा राजीनामा दिएपछि मात्र गठबन्धन छोड्छु । पाँच वर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूर्ण रुपमा सभापतिय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाओस् ।’
त्यस्तै, महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे ।  उनले भने, ‘गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट्र अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस् ।’ उनले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण समेत गराए ।  उनले भने, ‘पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,’ महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार