रूपान्तरण अभियानअन्तर्गत माओवादीले तीन जनालाई सम्मान गर्ने 

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशका तीन जनालाई सम्मान गर्ने भएको छ । पार्टीको बिहीबार बसेकाे स्थायी कमिटी बैठकले अभियानबारे सातै प्रदेशको रिपोर्टिङपछि नेताहरुलाई कामका आधारमा सम्मान र कारबाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।  ‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ । अभियानमा सबैभन्दा राम्ररी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौं । उत्कृष्ट काम गर्नेलाई सम्मान तथा काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ । कारबाहीको प्रक्रिया चेतावनी, निलम्बनलगायत हुनेछन्,’ उनले भने । अभियानले पार्टीलाई चलायमान बनाएको निष्कर्ष निकाल्दै अब तीनवटा अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । कारबाहीको प्रक्रिया भने केन्द्र र प्रदेशले गर्नेछन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार