कांग्रेस महासमिति बैठक, चार प्रस्ताव सर्वसम्मत पारित 

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसको गोदावरीमा जारी महासमिति बैठकले चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।  महासमितिमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव पारित भएको हो । बैठकले लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनलाई बिहीबार सर्वसम्मतिले पारित गरेको छ । 
महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन बैठकमा गरेको आग्रहलाई महासमिति सदस्यहरुले ताली बजाएर स्वागत गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार