सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा जुलुस प्रदर्शनसँगै प्रधानमन्त्रीपुष्पकमलदाहाललाई ४०बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबारदेखि आन्दोलन थालेको घोषणा गरेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्रीदाहाललाई मागपत्रबुझाएकाहुन् । पार्टीअध्यक्षराजेन्द्र लिङ्देनलेप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेर औपचारिक रुपमाआन्दोलनको घोषणा गरेको बताएकाहुन् । ज्ञापनपत्रमा रहेका४० बुँदे माग पुरा गराउनराप्रपाले शान्तिपूर्ण आन्दोलन गर्दै जाने उनले बताए । मागलाई बेवास्ता गरे आन्दोलनलाई कठोर बनाउँदै लैजाने चेतावनीउनले दिए । पार्टीले संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा, प्रदेश संरचनाको खारेजी, प्रत्यक्षनिर्वाचितकार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्तिदुई कार्यकालभन्दाबढी बस्न नपाउने व्यवस्था, जनप्रतिनिधिहरूको संख्यातथाआवश्यकताभन्दा बढी सरकारी वेतनधारीको संख्यामा कटौती, संवैधानिकनिकायकानियुक्तिमा राजनीतिक भागबण्डा नहुने संवैधानिक सुनिश्चितता, सरकारी वेतनधारी तथा पेसागतदलीयभ्रातृ संगठनहरूको खारेजीहुनुपर्ने लगायतकामाग राखेको छ ।
अध्यक्ष लिङ्देनले भने, ‘राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शनहरु अगाडि बढाउँदै लैजान्छ । तर उपेक्षागर्नुभयो, राप्रपाको अहिंसाप्रतिको प्रतिबद्धतालाई कमजोरी ठान्नुभयो भने यो आन्दोलन कठोर बन्दै विद्रोहसम्मजान सक्छ ।हामीले यो आन्दोलन सामान्यकर्तव्यको लागिभनेर मात्रै गरेका छैनौ । यसलाई कसैले सामान्य रुपमानलियोस् भन्न चाहन्छु ।’ राप्रपाले उठाएको एउटा पार्टीको मागमात्रै नभएको उनको भनाइछ । ‘विषय राप्रपाको मात्रै होइन, यो देश र जनताको विषयहो । यतिमात्रै होइन, समयमानसच्चिने हो भने, सच्चिनबाध्यहुने खालकाआन्दोलन पनि गर्ने छौं,’उनले भने । उनले अब देशयहीअवस्थामा रहने हो भने भविष्यअन्धकारपूर्णभएको भन्दै अब नवीन सम्झौताको आवश्यकताभएको बताए । ‘अब देशयहीअवस्थामा रही रहन सक्दैन ।देशअहिले जुनअवस्थाबाट अगाडि बढिरहेको छयसले हाम्रो भविष्यअन्धकारपूर्ण छ भनेर टुंगो भइसकेको छ । यस्तो दुर्घटनाबाट बच्नको लागिनवीन सम्झौताको आवश्यकता छ,’ उनले भने,‘यहाँबाट सबै दल र प्रधानमन्त्री, देउवा र केपीओलीलाई पनिआग्रह गर्न चाहन्छु । अब गणतन्त्र, संघीयताको बाटो असफलभइसकेको छ । कुनै घमण्ड नगरीनयाँ सम्झौताको लागितयार हुनुपर्छ ।’