संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न माग

आइतबार, फागुन ६, २०८०

काठमाडौं । सशस्त्र द्वन्द्वका पीडित परिवारहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् ।  प्रधानमन्त्री दाहाललाई भेट्न आइतबार सिंहदरबार पुगेका ‘जनयुद्ध’बाट प्रभावित विभिन्न सञ्जालका प्रतिनिधिहरुले संसदमा १७ महिनादेखि संसद्मा अड्काएर राखिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरि पीडितहरुले भनेबमोजिमको आयोग गठन गर्न माग गरेका हुन् ।  गम्भीर मानव उल्लंघनका घटनाका पीडितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले संक्रमणकालीन न्याय टुंग्याउन राजनीतिक चलखेल भइरहेको बताए ।

उनले भने, ‘हाम्रो मुख्य माग संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरि आवश्यक ऐन बनोस्, किन र कसका कारण यो विधेयक रोकिएको हो ? यो ऐन तत्काल पारित गरि द्धन्द्धपीडितले भनेबमोजिम आयोग गठन गर्नुपर्ने माग राखेको छौं ।’ राष्ट्रिय सहमति खोज्नमा समय बितेकाले केही दिनमै पारित गरि आयोग बनाउने प्रतिबद्धता प्रधानमन्त्री दाहालले जनाएको उनले बताए । 
द्धन्द्धपीडितको स्वाभिमानको रक्षा हुनेगरि राज्यले सम्मान दिनुपर्ने र अभिभावकत्व लिनुपर्ने उनीहरुको माग छ । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार