समाजवादी मोर्चाको बैठक बस्दै

आइतबार, फागुन ६, २०८०

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी गरी चार दल समाजवादी मोर्चामा आवद्ध छन् ।  मोर्चाका संयोजकसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार विहान ९ बजेका लागि मोर्चाको नियमित बैठक बोलाएका हुन् । बैठक आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बस्ने गरी बोलाइएको छ । एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले मोर्चाको बैठक आइतबार विहान ९ बजे पार्टी कार्यालयमा बस्न लागेको जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । बैठकमा समसामयिक राजनीतिक विषयहरूसँगै मोर्चाको देशभर संगठन विस्तारको अवस्था र भावी कार्ययोजनाका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार