मलेसियासँग ४ विकेटले पराजित भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल

हन्टरको विस्फोट ब्याटिङ
शुक्रबार, फागुन ४, २०८०

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ ।  शुक्रबार भएको सेमिफाइनलमा नेपाल आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो ।  जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।  नेपालले कसिलो बलिङ गरेको भए पनि एल्सा हन्टर सामु फितलो देखिएपछि पराजयको सामना गर्नुपर्‍यो ।  हन्टरले ५३ बलमा अविजित रहँदै ६९ रन बनाइन् । हन्टरलाई रोक्न नसक्नु नै नेपालको हारको कारण बन्यो ।

अन्तिम ओभरमा ११ रन बनाएसँगै मलेसिया विजयी भएको हो ।  कविता जोशी र सीता रानामगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले समान १ विकेट लिए ।  यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।  कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रुबिना क्षेत्री बेल्बासीले २० रन बनाइन् । मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन् । तीन खेलाडी रनआउट भए ।  जितसँगै मलेसियाले फाइनलमा आइतबार यूएईसँग खेल्नेछ । बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो ।  समूह चरणमा अपराजित रहँदै क्वार्टरफाइनल हुँदै सेमिफाइनलमा पुगेको नेपालले भने अन्तिम समयमा कमजोर प्रदर्शन गर्दै हारको सामना गर्नुपरेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार