कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै  

शुक्रबार, फागुन ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसकेन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । आगामी सोमबारदेखि हुने महासमिति बैठकको तयारीका लागि बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए ।  उनका अनुसार महासमितिका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन बैठकमा पेस भएका छन् । हिजोको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री डा।प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका थिए । 
चार दिनसम्म चल्ने महासमिति बैठक फागुन ७ देखि ललितपुरको गोदावरीमा सुरु हँदैछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार