सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले दर्ता भएका सबै राजनीतिक पार्टीहरूलाई १५ बुँदे निर्देशन जारी गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सबै दललाई आआफ्नो विवरण बुझाउन आयोगले निर्देशन दिएको हो । आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार निर्देशनमा दलले आफ्नो नाम, विधान, झन्डा, छाप, चिह्न परिवर्तन भएको भए आयोगमा अद्यावधिक गर्न भनिएको छ । ‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने,’ विज्ञप्तिमा भनिएको छ ।