कपिलवस्तु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, एक जनाको सनाखत (अपडेट)

घाइतेको चन्द्रौटा र बुटवलमा उपचार हुँदै
बिहीबार, फागुन ३, २०८०

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१, दोबाटाको घुम्तीबाट गए राति खोलामा यात्रु बस खस्दा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।  मृतक १० मध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत हुन सकेको सशस्त्र प्रहरीका डीएसपी हरिबहादुर वलीले बताएका छन् । 
९ जना मृतकको अझै परिचय खुलेको छैन । घाइतेहरुको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । महेन्द्रनगरबाट काठमाडौं तर्फ हिँडेको सुनौलो महाकाली यातायातको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस घुम्तीमा अनियन्त्रित भई खोलामा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।  ३३ जनालाई स्ट्रेचरमा राखेर खोलाबाट ‘रोप रेस्क्यु’ गरेर उद्धार गरिएको डीएसपी वलीले बताए । बसमा ३७ यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार