एमाले सचिवालय बैठक बस्दै

बिहीबार, फागुन ३, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।  बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।  बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।  नेताहरूका अनुसार फागुन दोश्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार