फागुन १ गते बिदा छैन : गृह मन्त्रालय 

सोमबार, माघ २९, २०८०

काठमाडौं । सरकारले जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता गरेको छ ।  सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्ले  सार्वजनिक बिदा दिन गरेको निणर्यलाई फिर्ता लिएको जनाएको छ ।  ‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख गरिएको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि गृहले  आज विदा नदिइएको जनाएको हो । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार