कांग्रेसको महासमिति बैठक, स्थानीय व्यवस्थापन समिति विस्तार

सोमबार, माघ २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरु मनोनीत गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरुलाई मनोनीत गरिएको जानकारी दिए ।  कांग्रेसको महासमिति बैठक फागनु ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरु सहभागी हुनेछन् ।  महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरु गठन गरेर तयारी गरिरहेको छ ।  आइतबारसम्म करिब करिब सबै तयारी अन्तिम चरणमा पुगेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।  केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौंका गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, रोमेल श्रेष्ठ, ललितपुरका बशिष्ठकुमार अधिकारी, लक्ष्मी महर्जन, सुन्दरमान थिङ र शुभानन् रत्न धाख्वा तथा भक्तपुरका सुशील बस्नेत, राजेश खड्का र यादवप्रसाद अधिकारी सदस्य रहेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार