महासमितिको एजेण्डामाथि छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

आइतबार, माघ २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।  कांग्रेस महासमिति बैठक बस्नु अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक फागुन ३ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।  फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महासमितिको बैठकमा पेश गरिने एजेण्डाहरुमा छलफल गर्न महासमिति बैठक बोलाइएको र त्यसमा सबै केन्द्रीय समितिका पदाधिकारी सदस्यलाई उपस्थित हुन आग्रह गरेको छ ।  केन्द्रीय समिति बैठकले महासमिति बैठकमा पेश हुने प्रतिवेदनहरु पनि अनुमोदन गर्ने भएको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्ने बताइएको छ । 


 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार