सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कुरा कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले बोल्दा बोल्दै हल खाली हुने गरेकाले पूरा भनाई भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन् । सभापति देउवाले भने, ‘अहिले कस्तो अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ । कुरा पूरा सुनाउनै प¥यो, पूरा कुरा कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन् ।’ संघीय राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्वपूर्ण भएको भन्दै यसले देशैभर राम्रो प्रभाव पार्नुपर्ने बताए । उनले भने, ‘काठमाडौं जिल्ला मात्रै नभएर देशको राजधानी पनि हो । त्यसैले यो सम्मेलन भनेको महत्वपूर्ण सम्मेलन हो । त्यसकारण राजधानीको सम्मेलनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा महत्व राख्छ । भोलिका दिनमा राम्रा प्रस्तावहरू पास गर्नुहुनेछ, राम्रो काम गर्नुहुनेछ । सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रभाव पार्ने किसिमको काम गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।’