गदरको सिक्वेलबाट बलिउडमा सनी देओलको कमब्याक

बुधबार, माघ २४, २०८०

मुम्बई । बलिउड अभिनेता सनी देओल वर्षौ पछि आइकोनिक फिल्म ‘गदर’को सिक्वेलबाट बलिउडमा कमब्याक गर्ने भएका छन् । 
‘गदर २’को सफलतापछि उनी एकपटक बलिउडको मूलधारको चर्चामा छाए । यही बेला सनी र उनका कुनै नयाँ फिल्मको खबरले सामाजिक सञ्जालमा गर्माएको छ ।
सामाजिक सञ्जाल होस् या समाचारहरुमा सनीले आफ्ना पुराना फिल्मको सिक्वेल बनाउने दाबी गरिएका समाचार आइरहेका छन् । 
हालै एक अन्तरवार्तामा उनले आक्रामक हुँदै यी कुराको खण्डन गरेका छन् ।
सनीलाई लिएर ‘बोर्डर २’ देखि ‘गदर ३’सम्मका फिल्मका चर्चा भइरहँदा यी हल्लाको खण्डन गरेका हुन् । 
‘मानिसहरु अनुमान लगाउन मनपराउँछन् । यो हल्ला तबदेखि छ, जब ‘गदर २’ रिजि भयो । उनीहरु यो भाग २, त्यो भाग २ भनिरहेका छन् । म कति सिक्वेल मात्र गरुँ रु हरेक कुरा अफवाह हुन् । म फिल्मको आफैं घोषणा गर्छु’, उनले भनेका छन् ।
‘गदर २’ पछि सनी राजकुमार सन्तोषीको निर्देशन रहने फिल्म ‘लाहोर १९४७’मा देखिँदैछन् । ‘गदर २ सफल भयो, त्यसकारण नयाँ फिल्म भइरहेको छ । हामी यसबारेमा १५–१७ वर्षदेखि काम गरिरहेका थियौं, तर यो काम बनिरहेको थिएन । ‘गदर २’ ले हाम्रा लागि धेरै ढोका खोलिदियो । दर्शकले हामी९सनी र राजकुमार सन्तोषी०लाई तीन अलग किसिमका फिल्ममा काम गरिरहेको देखेका छन्,’ उनले भनेका छन् ।
सनी र राजकुमारले ‘घायल’, ‘दामिनी’ र ‘घातक’मा सहकार्य गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार