प्रतिनिधिसभामा आज दलका नेताले सम्बोधन गर्ने 

बुधबार, माघ २४, २०८०

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ ।  आजको बैठकमा दलीय आधारमा नेताहरूले मन्तव्य राख्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । हिउँदे अधिवेशनको सोमबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । आजको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधनसम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूचीमा रहेको छ । यस्तै, संघीय संसदको राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ । 
बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ११ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।  बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० छलफलका लागि प्रस्तुत गरिने छ ।  यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यायधेश २०८० लाई स्वीकृतिका लागि राष्ट्रिय सभालाई प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार