जसपाका सांसदलाई संसदमा सक्रियता बढाउन निर्देशन 

मंगलबार, माघ २३, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र अध्यक्ष यादवले हिउँदे अधिवेशनको विधेयक निर्माण प्रकृयामा ध्यान दिएर सक्रियतापूर्वक लाग्न आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।  सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकमा उनले निर्देशन दिएका हुन् ।  हिउँदे अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन संसदमा बढीभन्दा बढी उपस्थिति जनाएर विधेयक निर्माणमा सघाउने निष्कर्ष निकालेको तथा सोही अनुसार पार्टीका सांसदहरुलाई सक्रियता बढाउन अध्यक्ष यादवले निर्देशन दिएको जसपा प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । 


‘हिउँदे अधिवेशनमा जसपाको भूमिका कस्तो रहने सांसदहरुको भूमिका कसरी निर्वाह गर्ने र अधिकभन्दा अधिक समितिहरुमा भाग लिएर विधेयकहरु बनाउने र संसदमा अधिकभन्दा अधिक उपस्थित हुने छलफल गरेका छौं र त्यही निष्कर्ष निकालेको छौं,’ उनले भने ।
बैठकमा चुरे संरक्षणको विषयमा पनि छलफल भएको सचेतक यादवले बताए । ‘चुरे संरक्षणको विषयमा बैठकमा चर्चा भयो । मधेशमा पानीको लेबल एक सय फिटभन्दा तल गइसक्यो, त्यो बारे आज छलफल गरेका छौं । मधेसलाई बचाउनुपर्छ चुरेलाई संरक्षण गर्नुपर्छ, यो सब विषयमा छलफल भयो,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार