माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

सोमबार, माघ २२, २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । आजै दिउँसोदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो ।  बैठक सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ : ३० बजे बस्दैछ । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उपस्थित हुने कार्यक्रम छ ।  हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार