एमाले संसदीय दलको बैठक आज बस्दै 

शनिबार, माघ २०, २०८०

काठमाडौं । नेकपा एमालेले आज शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए ।  उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ । आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार