पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल

बुधबार, माघ १७, २०८०

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ। भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधवार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै अदालतले उनीहरुलाई १० वषसम्म सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य साथै उनीहरूलाई प्रत्येकलाई सात सय ८७  मिलियन रुपैयाँ जरिवाना तिराएको छ ।

खानको पार्टीले गरेको र्‍यालीमा बिष्फोट हुँदा ४ को मृत्यु
जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।


पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बाबरले चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गरेका छन् ।
घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर अपराधीहरुको खोजी सुरु गरेको अधिकारीहरुले जनाएका छन् । पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानविन गर्न माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार