पत्रकार पण्डितको निधन 

बुधबार, माघ १७, २०८०

काठमाडौं । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । 
उपचारको क्रममा आज विहान ३ बजे ललितपुरको मेडीसिटी अस्पतालमा उनको निधन भएको उनका दाजु श्रीकान्त पण्डितले जानकारी दिए । उनको आज विहान ९ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 
भानु नगरपालिका १२ तनहुँमा २०३३ वैशाख जन्मेका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार