सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । राजधानीको एक कार्यक्रममा बोल्दै उनले केन्द्रीय नेताहरुको तहमा भएको सहमति पालना नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले भने, ‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्नेगरि निर्माण भएको हो । कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुन प्रकारको समस्या देखियो, त्यही समस्याको कारण गठबन्धन टुट्छ भन्ने चर्चा छ । यसले गठबन्धनमा खासै असर पार्दैन । तर, यसले एउटा विमर्शको आवश्यकत्ता महसुस गराएको छ । के÷कति कारणले त्यहाँ दुर्घटना भयो ? सम्बन्धित दलका नेतृत्वले समयमै समाधान गर्नुपर्छ ।’ गठबन्धनभित्र आपसमा अविश्वास भएको भन्दै यसले वैचारिक र सैद्धान्तिक रूपमा भ्रष्टीकरण ल्याउने उनले बताए । उनले भने, ‘नेतृत्व तहमा एकप्रकारको सहमति भइसकेपछि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु पथ्र्याे । तर, विचलन देखियो । दीर्घकालीन रुपमा असर गर्छ । त्यहाँबाट अविश्वासको बीजारोपण भएको छ । यसलाई समयमै समाधान गर्नुपर्छ । गठबन्धनको स्वास्थ्यको लागि राम्रो हुँदैन ।’ राष्ट्रियसभाको अध्यक्षका लागि भने गठबन्धनभित्र भएको सहमति पालना हुने उनले विश्वास दिलाए । उनले भने, ‘अहिले राष्टियसभाको अध्यक्ष को हुने भनेर बहस भएको छ । मलाई लाग्छ–गठबन्धनभित्र जे सहमति भएको छ, त्यो इमानदारपूर्वक लागु हुन्छ । हाम्रो दलबाट दाबी छैन । सहमतिले यो महत्वपूर्ण जिम्मेवारी दिने कुरा हो । अब कसले जिम्मेवारी वहन गर्नसक्छ त्यो हेर्नुपर्छ ।’ उनले अहिले गठबन्धनको सरकार हुँदा पनि मुलुक जुन गतिमा अघि बढनुपर्ने हो त्यसरी बढ्न नसकेको स्विकारे । उनले भने, ‘मुलुक अहिले सकारात्मक दिशामा जानुपर्दथ्यो । जति काम हुनुपर्ने थियो, त्यति काम भएको छैन । आज जनतामा निराशा छ, असन्तुष्टि व्याप्त छ । सरकारप्रति ठूलो अविश्वास छ । पार्टी र नेतृत्वप्रति जनमानसमा एकप्रकारको आक्रोश छ । जनताको आक्रोशलाई समयमै सम्बोधन गरिएन भने दुर्घटना हुनसक्छ ।’ यादवले अहिलेको राष्ट्रिय राजनीति संकटको डिलमा रहेको भन्दै त्यसबाट पार लगाउनको लागि सबै जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए ।
‘कोशीको गडबडी छानबिन हुनुपर्छ’ माओवादी केन्द्रका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित समसामयिक अन्तरक्रियामा उनले गठबन्धनको भावनाविपरीत गडबडी गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताए ।
कोशीमा सत्ता गठबन्धन दलबाट कांग्रेसका कृष्ण सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्की उम्मेदवार थिए । सिटौला निर्वाचित भए भने एमालेकी रुक्मिणी कोइरालासँग कार्की पराजित भइन । दलहरुका शीर्ष तहको महमतिअनुसार मतदाता इमानदार भएको खण्डमा सत्ता गठबन्धन दलको मतभार कार्कीलाई जिताउन पर्याप्त थियो । तर, उनी हारिन् । अहिले गठबन्धनमा यसको समीक्षा भइरहँदा विडारीले अवस्था प्रष्ट पारेका हुन् । ‘गठबन्धनमा कुनै प्रकारको फरक पर्दैन । गडबड गर्नेलाई आवश्यक दण्ड सम्बन्धित पार्टी वा गठबन्धनले गर्नेछ । त्यसको निम्ति छानबिन हुनप¥यो । कसले गडबड ग¥यो, किन ग¥यो, गडबडका कारण के थिए ? यो बारेमा छानविनपछि मात्रै भनिन्छ,’ उनले भने । ‘जनयुद्ध’मा सहभागी माओवादी नेतृलाई कोशीमा हराइएको भन्दै उनले दुःख व्यक्त गरे । उनले कोशीमा केपी शर्मा ओलीले चलाखी गरेको समेत बताए । ओलीलाई ‘रकमी’ र ‘बडो चलाख मान्छे’को संज्ञा दिँदै उनले अनेक तिक्डम गरेर आफ्नो पक्षमा एक सिट पारेको टिप्पणी गरे । ‘हाम्रो पार्टीको अपांगता भएको, जनयुद्धमा सहभागी भएको उम्मेदवारलाई हामीले कोशीमा उठाएका थियौं,’ उनले भने, ‘त्यसको सट्टामा केपीजी बडो चलाख मान्छे, कूटनीति जान्ने मान्छे, त्याँमाथि एमाले भनेपछि अहिलेदेखि होइन, पहिल्यैदेखि बडो तिक्डम गर्न जान्ने, रकमी प्रकारका काम गर्न उल्का सिपालु भावनाले त्यहाँ उहाँहरुले एउटा सिट गडबड पार्दिन सक्नुभयो ।’ नेता विडारीले अब राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलानै निश्चितप्रायः भएको बताए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा जाँदै गर्दा पनि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएर नै उम्मेदवार बनाइएको उनको भनाइ छ । सिटौलाको स्वभाव, शान्ति प्रक्रियामा पु¥याएको योगदान र टुंग्याउन पर्ने शान्ति प्रक्रियाका कामलाई विचार गरेर अहिलेको परिस्थितिमा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने भनाइ उनको थियो ।