तेन्जिङ नोर्गे खुला आरोहण प्रतियोगिता आगामी सोमबार 

शुक्रबार, माघ १२, २०८०

काठमाडौं ।मुलुकको हिमाल आरोहण प्रति ध्यानाकर्षण गराउन तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताआयोजना हुने भएको छ । नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन मिलेर प्रतियोगिता आयोजना गर्ने भएका हुन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका संयोजक छिरिङ जाङबु शेर्पाले पहिलोपटक माघ १५ गते बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता गर्न लागेको जानकारी दिए ।


आरोहण क्षेत्रमा रुचि राख्ने युवालाई प्रोत्साहन गर्नर आरोहण क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागेको उनले बताए ।
उनले भने,‘तेन्जिङ नोर्गे शेर्पाले १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरी प्रख्यात भए पनि आरोहणकोक्षेत्रमा प्रतियोगिताहुने गरेको छैन । त्यसैले हामीले पहिलो तेन्जिङ नोर्गे शेर्पाखुला आरोहण प्रतियोगिता भनेर एउटा नामकरण गरेका छौं । हाम्रो विशेष उद्देश्य के हो भने युवाहरुलाई आरोहण क्षेत्रमा प्रोत्साहित गरेर यसको कुशलता विकास गर्न रहेको छ ।’
उनले यो आरोहणको प्रतियोगिता आरोही तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जली पनिहुने बताए । प्रतियोगितामा पुरुष र महिलाहरुबीच छुट्टाछुट्टैस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र ब्याच प्रदान गरिने जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार