इजरायल र हमास युद्धबारे आईसीजेको फैसला भोलि 

बिहीबार, माघ ११, २०८०

काठमाडौं । इजरायल र हमास युद्धबारे अन्तर्राष्ट्रिय अदालतले शुक्रबार फैसला सुनाउने भएको छ । दक्षिण अफ्रिकाले इजरायललाई गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेको थियो । दक्षिण अफ्रिकाले जतिसक्दो चाँडो इजरायली सैन्य कारबाही बन्द गर्न अदालतबाट आदेश दिनु पर्ने माग गरेको छ । अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले बुधबार एक विज्ञप्ति जारी गर्दैै शुक्रबार दिउँसो १ बजे हेगको शान्ति दरबारमा सार्वजनिक सुनुवाई हुने जनाएको छ । यस अवधिमा, न्यायाधीश जोन ई. डोनोघुएले अदालतको निर्णय सुनाउने छन् ।

यसअघि सुनुवाइका क्रममा अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिकाकी वकिल एडेला हसिमले विगत १३ हप्तादेखिको प्रमाण अदालतमा प्रस्तुत गरिएको बताएकी थिइन् । सुनुवाइका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भिडियोमार्फत आफ्नो बयान दिएका थिए ।
अन्तर्राष्ट्रिय न्यायालय दुई देशबीच चलिरहेको विवाद समाधान गर्ने ठाउँ हो । अदालत युरोपेली देश हेगमा अवस्थित छ । आइसीजे संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत मानिन्छ । तर, यो अदालतको निर्णय मान्नुपर्छ भन्ने छैन । धेरै पटक देशहरूले अदालतको निर्णयलाई बेवास्ता गरेका छन् । अदालतले रुसलाई युक्रेनमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्न आदेश पनि दिएको थियो । तर, रुसले त्यसो गरेन र युक्रेनमा अहिले पनि आक्रमण जारी छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार