मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

मंगलबार, माघ ९, २०८०

काठमाडौं ।  मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।  सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ ।  यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।   प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमतले जनाएको छ ।  शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले बताए ।  सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहँदै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार