राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश 

मंगलबार, माघ ९, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वार्षिक २०७९-८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गरेका हुन् ।  सो अवसरमा राष्ट्रपति पौडेलले मुद्धाको  सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि  पीडितले न्याय पाए नपाएको  वा पीडितमैत्री भए नभएको विषयमा ध्यान दिनुपर्ने बताए । उनले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षा लगायतका कामहरु अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्नेमा जोड दिए। 
राष्ट्रपति पौडेलले संविधानको मौलिक हकमा अपराध पीडितको हक सुनिश्चित  गरेको सन्दर्भमा त्यस्तो हकको रक्षाको लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्ताको कार्यालयले विशेष ध्यान दिने आशा व्यक्त गरे । सो अवसरमा महान्यायाधिवक्ता पोखरेलले वार्षिक प्रतिवेदनको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार