इजरायली सेनाद्वारा सिरियाको एउटा भवनमा आक्रमण

शनिबार, माघ ६, २०८०

काठमाडौं । इजरायली सेनाले सिरियाको एउटा भवनमा आक्रमण गरेको छ ।  इरानसँग सम्बन्धित नेताहरूको बैठक गरिएको आक्रमणमा पाँच जना मारिएको अन्तर्राट्रिय सञ्चार माध्यमले जनाएका छन् । 
एएफपीका अनुसार, सिरियाको राजधानी दमास्कसमा इजरायली मिसाइलले चार तले भवनलाई निसाना बनाएर आक्रमण गरेको हो । जसमा पाँच जनाको मृत्यु भएको छ । 
भवनमा इरानसँग सम्बन्धित नेताहरूको बैठक चलिरहेको थियो । यो इरानको इस्लामिक रिभोलुसनरी गार्ड र इरान समर्थक प्यालेस्टिनी समूहका नेताहरूको गढ मानिन्छ । 
इजरायलले दमास्कसको माजेह क्षेत्रमा रहेको आवासीय भवनलाई निसाना बनाएको समाचारमा उल्लेख गरिएको छ । माजेह क्षेत्रमा संयुक्त राष्ट्र संघको कार्यालय, दूतावास र रेस्टुरेन्टहरू छन् ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार