पाकिस्तानमा आम निर्वाचन सफल पार्न सदस्यीय समिति गठन

शनिबार, माघ ६, २०८०

काठमाडौं । पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवारुल हक कक्कडले आसन्न आम निर्वाचनलाई सफल पार्न सात सदस्यीय समिति गठन गरेका छन् ।  आउँदो फेब्रुअरी ८ मा हुन गइरहेको आम निर्वाचनमा निष्पक्ष मतदान सुनिश्चित गर्न सात सदस्यीय समिति गठन गरेको जनाएका छन् ।  प्रधानमन्त्री कार्यालयले जारी गरेको सूचनामा सञ्चार, रेलमार्ग तथा सामुद्रिक मामिलासम्बन्धी अन्तरिममन्त्री शहिद असरफ तरारलाई समितिको अध्यक्षमा तोकिएको छ ।  समितिका अन्य सदस्यमा गृहसचिव, चार प्रदेशका मुख्य सचिव रहेका छन् । समितिले निर्वाचनको सुरक्षा व्यवस्थाको अनुगमन, प्रशासनिक व्यवस्थासँग सम्बन्धित विषयको समीक्षा र समाधान, निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समन्वय गर्ने जस्ता जिम्मेवारी निर्वाह गर्नुपर्ने सूचनामा उल्लेख छ । देशमा निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने जिम्मेवारी कक्कडको भए पनि उनीमाथि सेना समर्थित राजनीतिक दलको पक्षमा काम गरेको आरोप लाग्दै आएको छ ।  चुनावअघि नै धाँधली भइरहेको आरोप पनि छ । पूर्व प्रधानमन्त्री इमरान खान जेलमा छन् र चुनाव लड्न प्रतिबन्धित छन् ।  देशको मानव अधिकार आयोगले यस महिनाको सुरुमा पूर्व (चुनाव धाँधलीू को कारणले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचनको सम्भावना कम रहेको बताएको थियो । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार