ट्रम्पलाई चुनावमा प्रतिबन्ध लगाए अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी 

शनिबार, माघ ६, २०८०

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरूले ट्रम्पलाई यस वर्षको राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएमा अराजकता र अशान्तिको स्थिति उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । ट्रम्पका वकिलहरूले बिहीबार अमेरिकी सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा यस्तो दावी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रिपब्लिकन पार्टीबाट चुनाव लड्ने प्रबल दावेदार ट्रम्पको नाम कोलोराडो जस्ता अन्य राज्यका अदालत र अधिकारीहरूले प्राथमिक मतदानबाट हटाउने निर्णय गरेमा अराजकताको अवस्था सिर्जना हुने वकिलहरूले बताएका छन् । सर्वोच्च अदालतले कोलोराडोको निर्णयलाई उल्टाउन पनि उनीहरुले माग गर्दै ट्रम्प संविधानको धारा ३ मा दिइएको नियममा नपर्ने पनि जिकिर गरेका छन् ।
गत महिना, कोलोराडो सर्वोच्च अदालतले ट्रम्प संवैधानिक रूपमा २०२४ को चुनावमा भाग लिन योग्य नभएको फैसला गरेको थियो ।  २०२१ को संसदमा भएको हुलदंगा र आक्रमणकारीलाई उक्साएको आरोपमा त्यहाँको अदालतले फैसला गरेको थियो । यसैबीच, एकअदालतले ट्रम्पलाई प्राथमिक मतदानमा भाग लिनबाट रोक्न वाशिंगटन राज्यको प्रयासलाई अस्वीकार गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार