इरानी भूमीमा पाकिस्तानको आक्रमण 

बिहीबार, माघ ४, २०८०

काठमाडौं । पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ ।  पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो । आक्रमणमा ७ जना इरानी आतंककारी  मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।  बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान–पाकिस्तान तनाव चर्किदै गएको छ । 
पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज बिहान पाकिस्तानले इरानको सिस्तान९ओ९ब्लोचिस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूमा सैन्य हमला गरेको जनाएको छ । यस कारबाहीमा धेरै आतंककारी मारिएको जनाएको छ । अपरेसनलाई ‘मार्ग बार सरमचार’ नाम दिइएको थियो ।   मृत्यु हुनेमा तीन महिला र चार बालबालिका छन् । पाकिस्तानी हवाई हमलापछि इरानको सीमावर्ती गाउँहरूमा धेरै विस्फोटको आवाज सुनिएको थियो ।  

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार