बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात प्रयास, एक जना पक्राउ 

बिहीबार, माघ ४, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात प्रयास भएको छ ।  बिहीबार कार्यक्रममा जाने क्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङ ले जनाएको छ ।  प्रसाईंलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको डीएसपी मदन केसीले बताए । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा मेची–महाकाली दौडाहा गरिरहेका छन् । यही कार्यक्रमका लागि उनी बागलुङ पुगेका हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार