सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । माओवादी केन्द्रको विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले माओवादीले युद्ध सुरु गरेकै दिन राजधानीमा विधान सम्मेलन सुरु गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी एकताको वातावरण बनाउने निर्णय पनि बैठकले गरेको छ । पार्टी एकताको संयोजन अध्यक्ष पुष्पकमल दाहालले गर्ने र त्यसका लागि नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टीसँग छलफल अघि बढाउने निर्णय पनि भएको उनले बताए । बैठकमा ुजनतासँग माओवादीु विशेष रुपान्तरण चार महिने अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालिएको छ । स्थायी समिति सदस्यले अभियानले पार्टी संगठनहरुलाई सक्रिय बनाएको रिपोर्टिङ गरेका थिए ।