प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि ५० जनालाई छात्रवृतिको अवसर 

मंगलबार, असोज १६, २०८०

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)  र सनवे कजेजबीच ‘नेपालमा अध्ययन’ अभियान अन्र्तगत ५० जना विद्यार्थीको लागि सफ्टइडि ग्रुपमा छात्रवृति प्रदान गर्ने सम्झौता भएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इक्यानका अध्यक्ष शेषराज भट्टराईले  ‘नेपालमा अध्ययन’ अभियान अन्र्तगत सामाजिक उत्तरदायित्व पूरा गर्ने हेतुले २०२३ नोभेम्बर देखि २०२४ मार्चसम्म विभिन्न प्राविधिक विषयमा अध्ययन गर्न चाहने महेनती र जेहेन्दार ५० जना विद्यार्थीलाई पूर्ण र आंशिक गरी छात्रावृति उपलब्ध गराउन लागेको जानकारी दिए । 

Photo (1) (7)1696343042.jpg

भट्टराईले सूचना प्रविधि विषयमा स्नातक तहसम्म अध्ययन गर्न चाहने ५० जना विद्यार्थीका लागि छात्रवृतिमा अध्ययन गर्ने अवसरका लागि सनवे (Sunway) कलेजसँग सम्झौता गरेको जानकारी दिए । 

अध्यक्ष भट्टराईले भने, ‘सूचना प्रविधिको विषयमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थी २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृति दिने भएको छ । आंशिक छात्रवृति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृति पाउने छन् ।’

Photo (1) (7)1696343042.jpg

पूर्ण छात्रवृति पाउनको लागि विद्यार्थीले प्लस २ मा ३ दशमलब ६० जिपिए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत पाउनको लागि प्लस २मा ३ दशमलब ५० र ३० प्रतिशत छात्रवृति पाउनका लागि प्लस २मा ३ जिपिए सहित IELTSमा ५ दशमलब ५ स्कोर ल्याएको हुनुपर्ने मापद्दण्ड तोकिएको छ । 

कलेजले स्नातक स्तरको विद्यार्थीलाई बिएस्सी,अनर्स कम्प्युटर साइन्स,विथ आर्टिफिसियल इन्टिलिजेन्स कोर्सको लागि छात्रावृति प्रदान गर्ने छ । जसमा डाटा साइन्स, आर्टिफिसियल इन्टिलिजेन्स,मसिन लर्निङ,साइबर सेक्युरिटि,सफ्टओयर इन्जिनियरिङ,इनोभेसन लगायतका विविध विषयमा पढ्न चाहनेका लागि अवसर प्रदान गर्नेछ   छात्रवृति पाउन चाहनेले scholarship@ecan.org.npमा आवेदन दिन आयोजकले आग्रह गरेको छ । 

Photo (3) (5)1696343044.jpg

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार