वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड

आइतबार, वैशाख १६, २०८१

वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ ।  विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका थिए । परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पसमाथि ढुंगामुढा समेत प्रहार गरेका थिए ।  ढुंगामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थितलाई नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार