गोदावरी नगरका स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम 

नसर्ने रोगको जोखिम बढ्दै, जोखिम घटाउन जनचेतना अत्यावश्यक 
बुधबार, वैशाख १२, २०८१

ललितपुर । गोदावरी नगरपालिकाले स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा नसर्ने रोगका बारेमा स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धिसम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ ।  ४ दिने उक्त तालिममा मुटु तथा रक्तनली, मधुमेह, सिओपीडी (दम) का बारेमा छलफल गरिएको थियो । तालिम समापन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले नीति, योजना र कार्यक्रम तय गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

Lal-1713972738.jpeg
उनले भने, यस्ता तालिमले नगरपालिकालाई नसर्ने रोग लाग्नबाट नागरिकलाई जोगाउन यी काम गर्नुपर्छ भनि निचोड दिन सक्नुपर्छ । ‘
सरकारले उपलब्ध गराउने नियमित औषधि नागरिकलाई वितरण गर्नु नियमति काम भएको बताउँदै उनले भने, ‘नगरपालिकाले अन्य विशेष औषधि दिनुपर्ने भए, यस्ता तालिमहरुले भन्नुसक्नुपर्छ ।’ नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने, ‘ नगरपालिकाले हालसालै स्वास्थ्य संस्थाको लागि आवश्यक उपकरण खरिद गर्न सूचना प्रकाशित गरेको छ , हामी स्वास्थ्य संस्थालाई बलियो र भरपर्दो बनाउन लागेका छौं ।’ तालिममा प्रशिक्षकको रुपमा डा. एन्जिला थापा र डा. शक्ति चौरशिया सहभागी थिए । 

Nasarne-1713972739.jpeg
गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । नगरप्रमुखलाई धन्यवाद दिँदै उनले भने, ‘नगरप्रमुखले स्वास्थ्य क्षेत्रको संवेदशीलतालाई गम्भीर भएर बुझ्नु हुन्छ, उहाँप्रति हामी कृतज्ञ छौं । ’ नसर्ने रोग स्वास्थ्य क्षेत्रका लागि चुनौति बन्दै गएको बताउँदै जनचेतना अत्यावश्यक भएको उनको भनाई थियो । 
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले १० जनामा ७ जना नसर्ने रोगका बिरामी भएको बताउँदै खानपिन, रहनसहनले यो संख्या वृद्धि हुने इंगित गरे। उनले भने, त्यसैले हामी नसर्ने रोगबाट जोगाउन सबैको ध्यान केन्द्रित हुनुपर्छ, यो क्षेत्रमा लगानी गर्नुपर्छ । खानपान, जीवनशैली र नियमित जाँचलाई प्राथमिकता दिन सके यी रोगबाट जोगिन सकिने उनको भनाई थियो । 
प्रशिक्षक डा. एन्जिला थापाले क्षमता अभिवृद्धि तालिममा सहभागी भएकाहरु उत्सुक भएको बताइन् । तालिममा सिकेको कुरालाई जनस्तरमा पु¥याउन सल्लाह दिदैं उनले नसर्ने रोगका बारेमा थप जनचेतना आवश्यक भएको बताइन् । 

ac-1713972812.jpeg
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार