भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम

बिहीबार, वैशाख १३, २०८१

न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो भ्वाएजर–१ प्रोबले महिनौंसम्म भ्रामक कुराहरू गरेपछि पुनः पृथ्वीमा प्रयोग योग्य जानकारी पठाउँन सुरू गरेको छ । ४६ वर्ष पुरानो नासाको यो अन्तरिक्षयान मानव जातिले बनाएको र पृथ्वी भन्दा बाहिर पुगेको सबैभन्दा टाढाको वस्तुसमेत हो । कम्प्युटरको त्रुटिले नोभेम्बरमा पढ्न योग्य डाटा फिर्ता गर्न रोकेको थियो तर इन्जिनियरहरूले अब यसलाई ठीक गरेको नासाले जनाएको छ । यस क्षणको लागि भोइजरले यसको अनबोर्ड प्रणालीहरूको बारेमा स्वास्थ्य डेटा मात्र पठाउन सुरू गरेको छ । नासाका वैज्ञानिकहरूले यसका उपकरणहरूमा थप काम गरे पछि अनलाइनमार्फत सही सुचना पठाउन थालेको हो । भोइजर–१  २४ बिलियन किलोमिटर भन्दा धेरै टाढा पुगिसकेको छ । यसको रेडियो सन्देशहरू हामी सम्म पुग्न २२.५ घण्टा लाग्न थालेको छ । यो खासमा ब्रम्हाण्डमा अर्को पनि मानवजीवन रहेको ग्रह छ कि भन्ने अनुसन्धानमा लागेको छ । ‘भोइजर–१  अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डेटा फिर्ता गरिरहेको छ,’ नासाले एक विज्ञप्तिमा भन्यो, ‘अब अर्को चरण भनेको अन्तरिक्ष यानलाई फेरि विज्ञान डेटा फर्काउन सुरु गर्न सक्षम गर्नु हो ।’ भ्वाएजर– १ लाई सन् १९७७ मा पृथ्वीबाट बाहिरी ग्रहहरूको भ्रमणका लागि प्रक्षेपण गरिएको थियो । त्यस पछि यो निरन्तर यात्रामा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार