महालक्ष्मी  नगरापालिका ९ लामाटारका ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनको तयारी

सोमबार, वैशाख १०, २०८१

ललितपुर । महालक्ष्मी नगरपालिका ९ नं. वडा कार्यालय लामाटारले वडाका ६५ देखि ७४ वर्षसम्मका एकसयजना ज्येष्ठ नागरिकलाई आध्यात्मिक जागरण कार्यक्रमअन्तर्गत धार्मिक तीर्थाटनमा लैजाने तयारी गरेको छ ।  यही बैशाख १४ र १५ गते दुईदिने धार्मिक तीर्थाटनका लागि वडाले सो वडाका उक्त उमेर समूहका जेष्ठ नागरिकको नाम संकलन गरी  तीर्थाटनको तयारी गरेको हो ।  

jaya-bogati-(1)-1713776980.jpg
वडाको आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजित बजेटबाट ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनमा सहभागी गराउन लागिएको वडा नं. ९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले बताए ।  ज्येष्ठ नागरिकहरूलाई धार्मिक तीर्थाटनको लागि उनीहरूको माग बमोजिम चितवनको देवघाट धामलगायतका धार्मिकस्थलको भ्रमण गराइने वडाध्यक्ष बोगटीले जानकारी दिए ।  ७५ वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई भने उनीहरूको स्वास्थ्य र उमेरका कारण हिँड्डुल गर्न समस्या पर्ने भएकोले यो कर्याक्रममा सहभागी नगराइने वडाध्यक्ष बोगटीले बताए ।  वडा कार्यालयले गत पुस १५ गते सो वडाका ७५ वर्ष नाघेका २३० जना ज्येष्ठ नागरिकलाई न्यानो ओढ्ने र बुढेसकालको सहारा लौरो दिएर सम्मान गरेको थियो ।

jaya-7-1713776981.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार