केपी ओली आज ओलाङचुङ्गोला जाँदै, फर्केर अनुभव साटने

बिहीबार, चैत २९, २०८०

काठमाडौं, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ओलाङचुङ्गोला जाँदैछन ।

समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा ओली जान लागेका हुन् ।
‘आज म ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छु । ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको तस्विर राख्दै उनले सो जानकारी दिएका हुन, सो बस्ती जो ३२०० मिटर उचाइमा रहेको छ ।

‘यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि वताउने छु ।’
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार