ललितपुर महानगर–२४ को प्रविधि एवम् अपाङ्गता मैत्री नयाँ वडा कार्यालय भवनबाट आजदेखि सेवा (भिडियो)

सोमबार, वैशाख १०, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडाको धापाखेल तीनकुने पोखरीस्थित नयाँ वडा कार्यालय भवनबाट आजदेखि वडावासीलाई सेवा दिन सुरु गरिएको छ । तीनकुने पोखरीस्थित नव निर्मित वडा कार्यालय भवनबाट आजदेखि वडावासीलाई सेवा दिन सुरु गरिएको हो । दानघाट चोकमा यसअघि बनेको एक तले भवनमा मर्मत सम्भारसहित तला थप गरी वडा कार्यालय भवन बनाइएको हो ।  उक्त भवनमा ४०–५० जना अट्न सक्ने बैठक कक्ष तथा करिब एक सय पचास जनासम्म बस्न मिल्ने सुविधा सम्पन्न सभा हल पनि बनाइएको छ । पहिलो तलमा बैठक कक्षा तथा दोस्रो तलमा सभा हल निर्माण गरिएको छ ।  नयाँ भवनमा पाँचैजना निर्वाचित जनप्रतिनिधिका लागि कार्यकक्ष बनाइएको छ । राजश्व संकलन काउण्टरसहित कर्मचारीका लागि छुट्टाछुट्टै चेम्बर, प्राविधिक÷इन्जिनियरहरूका लागि छुट्टै कार्यकक्ष बनाइएको छ ।  अहिले वडा कार्यालय रहेको भवन जनप्रतिनिधि तथा कर्मचारीका लागि साँघुरो हुनुका साथै अपाङ्गता मैत्री नभएकाले तीनकुने पोखरीस्थित नवनिर्मित भवनबाट वडा कार्यालयको सेवा दिन सुरु गरिएको वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । 
नयाँ वडा कार्यालयबाट सेवा शुभारम्भका क्रममा वडाअध्यक्ष दिनेशजग पाण्डे, वडा सदस्यहरू इन्द्र श्रीश, उद्धव बस्नेत, हरिकृष्ण महर्जन, निशा मालबुल, वडा सचिव, सहायक सचिव, प्राविधिक कर्मचारी तथा  सेवाग्राहीले पूजा गरी कार्यालय प्रवेश गरेका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार