कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, थप १२१ सङ्क्रमित

बुधबार, चैत २९, २०७९

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट लगातार दोस्रो दिन पनि एक जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । हिजो मङ्गलबार पनि एक जनाको निधन भएको थियो । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।
यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।  यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार