पाठ्यपुस्तक अडिटबाट गर्नुपर्नेमा विज्ञकाे जोड

शनिबार, चैत ४, २०७९

काठमाडौं । नेपालको संविधानमा व्यवस्था गरिएका समावेशिता र विविधताको विषयलाई प्रबद्र्धन गर्न आवश्यक रहेको देखिएको छ । यसको सुरुवात पाठ्यपुस्तक अडिटबाट गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । नीति विश्लेषक तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नामक संस्थाका प्रमुख होमराज आचार्यले पत्रकार सम्मेलन गर्दै  विविधता र समावेशीताको विषयलाई जोडदार उठान गरेर यसको व्यवहारिक प्रयोगमा ध्यन दिनुपर्ने बताए । उनले विविधता र समावेशीताको सुरुवात नेपाल पाठ्य पुस्तक ‘अडिट’बाट गर्नुपर्ने धारणा राखे । यसको लागि तल्लो तलका कक्षाहरुमा पढाइ हुने पाठ्यक्रम समय सान्दर्भीक र व्यवहारिक बनाउन आवश्यक देखिएको छ । आाचार्यले पाठ्यपुस्तकमा समावेशिताको विषयलाई पनि झाराटारी रुपमा प्रस्तुत गरिएको टिप्पणी समेत गरे । उनले संविधानले समोवेशीता र विविधतालाई निर्दिष्ट गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको जोड दिए । ‘हामीकहाँ शिक्षामा चेतनाको कमी छ, मानव अधिकार, समावेशीता र व्यवहारिक विषयमा पाठ्यसामग्रीमा पुग्दो सूचना जानकारी समेटिएको छैन,’ उनले भने, ‘समावेशिता र विविधता बिना समाज समुन्नत बन्न सक्दैन ।’ उनले समाजमा जातीय विभेदको व्यवहारीक अन्त्यका लागि पनि सुरुवात पाठ्य पुस्तकबाटै गर्नुपर्ने जानकारी दिए । यसको लागि सबै समुदायले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको धारणा छ ।
यसका साथै नीति निर्माण तहमा नागरिकको सहभागिता बढाउन र पाठ्य पुस्तकमा उनीहरूका मुद्दा समेट्नका लागि मानव अधिकार आयोग, स्थानीय सरकार र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाको समन्वयमा नागरिक शिखर सम्मलेनको तयारी पनि गरिएको छ ।
यसले नीति निर्माण तहमा नागरिकको पहुँच पुग्ने र योजना निर्माणमा उनीहरूका अजेन्डा समेट्न प्रभावकारी भूमिका खेल्ने उनको भनाई छ ।  घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाले नागरिक सम्मेलनको लागि प्रभावकारी भूमिका खेल्ने छ ।
अभियन्ता आचार्य लामो समय अमेरिकाका विकास र नीति निर्माण तहका बसेर काम गरेका व्यक्ति हुन् । उनी अमेरिकाको वासिङटन डिसीमा रहेको वासिङटन डिसी महानगरमा नीति विश्लेषकको रुपमा काम गरेका थिए । एक दशक अमेरिकामा नीति निर्माणमै बसेका अनुभव बटुलेका उनी नेपालमा पनि नीति निर्माण तहमा समावेशिता, विविधता र पाठ्यपुस्तकका विषयलाई पुर्‍याउन लागि परेका छन् । यसअघि इटाभट्टा, होटल, सार्वजनिक यातायातमा बाल श्रमिकको प्रयोग बढेको भन्दै उनले त्यसलाई रोक्न सरकारलाई दबाब समेत दिएका थिए । त्यस्तै जातीय विभेदको व्यवहारिक अन्त्यका लागि उनले चार वर्ष अघि मेची महाकांली पदयात्रा समेत गरेका थिए । समाजमा समावेशीता ल्याउन र नीति निर्माण तहमा सबैको समान पहुँच पुर्‍याउनको लागि पाठ्यपुस्तक र नागरिक शिखर सम्मलेनजस्ता माध्यमबाट सुरुवात गर्नुपर्ने अभियन्ता आचार्यको भनाई छ । यसअघि नेपाली पाठ्य पुस्तकमा समावेशीतालाई प्राथमिकतामा राख्नुपर्ने र विविधता समेट्नुपर्ने भन्दै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाले पाठ्यक्रम विकास केन्द्रको ध्यानाकषणर् समेत गराएको थियो । यसबाहेक मानव अधिकार आयोगले पनि पाठ्य पुस्तकमा मानव अधिकारी र यसको संरक्षणसम्बन्धि विषयलाई पाठ्यपुस्तकमा समेट्न दबाब दिनुपर्नेभन्दै उक्त संस्थाले ध्यानाकर्षण गराएको थियो । सबै खाले सामाजिक विभेद अन्त्यको लागि सर्वप्रथम पाठ्य पुस्तकलाई नै सुधार गर्नुपर्ने अभियन्ता आचार्यको भनाई छ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार