निर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यकालमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

गोदावरी नगरपालिका सातौं वर्षमा

शनिबार, फागुन २७, २०७९

ललितपुर । गोदावरी नगरपालिका सातौं वर्षमा प्रवेश गरेको छ । स्स्थापना दिवसको उपलक्ष्यमा नगरवासीलाई शुभकामना दिँदै नगरप्रमुख गजेन्द्र महर्जनले पहिलो कार्यकालमा पूरा नभएका र केही विशेष योजना दोस्रो कार्यकालमा पूरा गर्ने बताए । उनले भने, ‘विशेष योजनासहित आएको छु, नगरवासीको साथ र सहयोग चाहन्छु ।’ मुलुक संंघीयतामा गएपछि साविकका गाविसहरू गोदामचौर, विशंखुनारायण, गोदावारी, बडिखेल, लेले, देवीचौर, डुकुछाप, छम्पी, चापागाँउ, ठेचो, झरुवारासी, ठैवलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको हो । यो नगरपालिकामा १४ वटा वडाहरू छन् । ०७९ को स्थानीय तह निर्वाचनमा पुनः निर्वाचित भएका उनले दोस्रो कार्यकालमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको प्रष्ट पारे । 

WhatsApp Image 2023-03-11 at 09.18.361678508643.jpeg

ठेचोस्थित नवदुर्गा जात्राको प्रसाद ग्रहणमा आउनुभएको राष्ट्रपति विद्या भण्डारीलाई स्वागत गर्दै नगर प्रमुख गजेन्द्र महर्जन । 

उनले भने, ‘चेतनशील र निरोगी नागरिक बिना नगर समृद्ध हुँदैन, पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौं ।’ गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षदेखि स्वयम्सेवक शिक्षक कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम अन्तर्गत स्नातक पास गरेका बेरोजगार युवालाई नगरपालिका भित्रको सामुदायिक विद्यालय अध्यापन गर्न नगरपालिकाले नियुक्त गरेको छ । नगरप्रमुख महर्जनले भने, ‘यसको मुख्य उद्देश्य बेरोजगार युवाको व्यवस्थापन सँगसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हो ।’ यसैगरी नगरपालिकाले वडाका प्रत्येक स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरेको छ । नगरस्तरीय अस्पताल निर्माणको काम नगरपालिकाले यो वर्ष सुरु गर्ने  बताएको छ । निर्वाचित जनप्रतिनिधिले पहिलो कार्यकालमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका थिए ।  
बागमती प्रदेशको ललितपुर जिल्लामा अवस्थित गोदावरी नगरपालिका विविधतायुक्त नगर हो । भौगोलिक बनावट, हावापानी, जातजाति, रहनसहन, भेषभूषालगायतले यो नगर विषेश छ । ब्राह्मण, क्षेत्री, नेवार, तामाङ, दलितलगायतको बसोबास रहेको यो नगरमा अल्पसंख्यक पहरी जाति समेत बस्छन् । यसैगरी यहाँ दनुवार जातिको पनि बसोबास रहेको छ । जल, जंगल जमिन र जडिबुटी यो नगरका सम्पत्ति हुन् । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय नगर गोदावरी यहाँका मूर्तअमूर्त सम्पदा र  संस्कृतिका कारण विश्व प्रसिद्ध छ । 

WhatsApp Image 2023-03-11 at 09.21.321678509508.jpeg

वडा नंं ६ स्थित फल्चा ।

स्थानीय तहको निर्वाचन २०७४ सँगै जनप्रतिनिधिले नगरको नेतृत्व सम्हालेपछि नगरभित्र विकास निर्माणका धेरै काम भएका छन् । गोदावरी नगरपालिका उपत्यकाको ठूलो, नयाँ र विविधतायुक्त नगरपालिका भएकाले यहाँ सम्भावना र काम गर्ने अवसर प्रशस्तै छन् । नगरभित्रका नगरिकका असिमित आवश्यकतालाई प्राथमिकताको आधारमा सम्बोधन गर्दै नगरपालिका अघि बढेकाले त्यो रुपको गोदावरीको स्वरुप अहिले बदलिएको छ । निर्वाचित भएर आए लगत्तैको दिन सम्झँदै नगरप्रमुख महर्जनले भने, ‘न कानुन थियो, न जनशक्ति नै, काम कहाँबाट सुरु गर्ने हामी अलमलमा थियौं, त्यो अलमललाई शक्तिमा बदलेर अघि बढ्यौं ।’

WhatsApp Image 2023-03-11 at 09.20.411678508651.jpeg

नगरपालिकाको प्रशासनिक भवन ।

विविधतापूर्ण भूगोल रहेका कारण काम कहाँबाट र कसरी सुरु गर्ने भन्ने दुविधालाई पन्छाएर गोदावरीलाई सुविधायुक्त सहर बनाउन जनप्रतिनिधिले गरेको भगिरथ प्रयासका कारण गोदावरी नगरपालिका समुन्नत र समृद्ध सहरको मार्गचित्रमा फटाफट हिँडिरहेको छ । 
नगरपालिकाले सांस्कृतिक पहिचान जोगाउन मठ मन्दिर, फल्चा पुनर्निर्माण गरेको छ । आकर्षक यी फल्चाले नगरलाई सुन्दर बनाएको छ । नाच, जात्रा जस्ता अमूर्त सम्पदाको संरक्षणका लागि अक्षयकोष खडा गरिएको छ । लोपोन्मुख बाजा संरक्षणका लागि नगरले विशेष योजना बनाउँदै ठेचोमा यो वर्ष सांस्कृतिक संग्राहालय निर्माणको काम थालनि गरिने नगर प्रमुख गजेन्द्र महर्जनले बताए । 
६ वर्षअघिसम्म गोदावरी नगरपालिकामा पानीको हाहाकार थियो । धारामा पानी आएन भन्दै नगरवासी गुनासो गर्न दिनहुँ नगरपालिका पुग्थे । शुद्ध खानेपानीको अभाव पूर्तिका लागि जनप्रतिनिधिको निरन्तरको खटाइपछि अहिले पानीको ८० प्रतिशत समस्या समाधान भएको छ । नगरप्रमुख गजेन्द्र महर्जनले भने, ‘पानीको नयाँ मुहान खोज्यौं, भएकाको संरक्षण ग¥यौं, नयाँ पाइप फे¥योै, अहिले पानीको समस्या धेरै समाधान भएको छ ।’ शहरीकरण सँगसँगै जनघनत्व बढ्दै गएकाले थप पानीको व्यवस्थापन गर्नुपर्ने उनले बताए । 
पूर्वाधार निर्माण मात्रैले नगर समृद्ध र समुन्नत हुँदैन । समृद्ध नगरको मुख्य आधार आर्थिक आत्मनिर्भरता हो । नगरपालिकाले नगरवासीलाई उद्यमी बनाउन चरणबद्ध रूपमा तालिम दिएको नगर उपप्रमुख मुना अधिकारीले बताइन् । उनले भनिन्, ‘हामीले तालिम लिएकालाई उद्यमसँग जोडिरहेका छौं, आर्थिक आत्मनिर्भरता बिना नगर समृद्ध हुँदैन ।’
नगरमा पूर्वाधार निर्माण सँगसँगै महिला, बालबालिका, अपाङ्गता भएकालाई केन्द्रमा राखेर काम गर्नु स्थानीय सरकारको कतव्र्य हो । महिला, त्यसमा पनि हिंसामा परेका महिला, अपाड्गता भएका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछिन् उपप्रमुख मुना अधिकारी । हिंसा प्रभावित महिलाका लागि नगरालिकाले सुरक्षित आवास गृह सञ्चालन गरेको छ । 
भूगोलमा ठूलो, आवश्यकता धेरै सीमित स्रोत, साधनको व्यवस्थापन गर्दै नागरिकका अपेक्षा पूरा गर्नु नगरपालिकाका लागि चुनौतीसँगै अवसर हो । नगरका प्रवक्ता मिलन सिल्वाल जनप्रतिनिधिको नगरलाई समृद्ध बनाउने दृढ संकल्पका कारण गोदावरीको स्वरुप बदलिएको बताउँछन् । उनी भन्छन्, ‘नगरलाई समृद्ध बनाउन विशेष योजनासहित अघि बढेका छौं ।’
कर्मचारीको साथ, नागरिकको सकारात्मक आलोचना र तर्जुमा गरिएकका योजनाको प्रभावकारी कार्यान्वयन र अनुगमनले मात्रै सहरको विकास हुन्छ । नागरिकको अवस्था र दैनिकी सहज हुन्छ उनले भने । 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार