रेशम चौधरी रिहा नभए प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सुरु,
सोमबार, पुस १८, २०७९
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व (माघ १) पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ । टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघीपछि प्रदेशसभा बैठक अबरुद्ध गर्ने पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।
प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघीअअघि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनुपर्छ, त्यसो नभए माघिपछि प्रदेशसभा चल्न दिने छैनौं ।’
उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । ‘त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’
यसैबीच प्रदेशसभाका सभामुखको निर्वाचन यही पुस २८ गते तोकिएको छ । प्रदेशसभाको अर्को बैठक यही पुस २८ गते बस्नेछ । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार