प्रतिनिधिसभाका सबै सिटको नतिजा सार्वजनिक भएपछि गठबन्धनका शीर्ष नेताको बैठक  बस्दै

सोमबार, मंसिर १९, २०७९

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फका मत परिणाम सार्वजनिक भएको छ । अब समानुपातिक तर्फबाट मत गणना अन्तिम चरणमा पुगेको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्र १८ स्थानमा विजयी भएका छन् ।    
यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् । 
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । 
प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए । गठबन्धनका शीर्ष नेतासहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ ।
पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार